चितवनको कोरोना विशेष अस्पतालमा ज्यान गुमाउने युवामा कोरोना नभएको पुष्टि

काठमाडौं । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मंगलबार बिहान ज्यान गुमाउने युवामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ ।
मृतक वीरगन्जका ३० वर्षीय सन्तोष यादवको रिपोर्ट प्राप्त भएको र रिपोर्ट हेर्दा उनमा कोरोना संक्रमण नभएको देखिएको अस्पतालका प्रमुख तथा प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।
'रिपोर्ट आएको छ, रिपोर्टमा कोरोना नेगेटिभ देखियो', अधिकारीले रातोपाटीसँग भने, ‘यहाँबाट स्याम्पल लिइएका अन्य तीन जनालाई पनि प्रयोगशालाले नेगेटिभ नतिजा आएको जानकारी दियो।’
कोरोनाको आशंकामा यादवको शव सोही अस्पतालमा राखिएको थियो। अब उनको शव परिवारलाई दिइनेछ । मिगौलाको रोगी रहेका उनी भरतपुर मेडिकल कलेजमा चैत ९ गते भर्ना भएकोमा सोमबार कोरोनाका आशंकामा कोरोना विशेष अस्पतालमा रिफर भएका थिए । अस्पतालले सोमबार नै कोरोनको टेस्टका लागि प्रयोगशालामा नमुना पठाएकोमा रिपोर्ट आउनुअघि नै उनको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपप्रधानमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबिच भेटवार्ता
-
कर्णालीलाई सुहाउँदो बजेट आउँछ : मन्त्री शाह
-
‘अनटेस्ट’ मोटरसाइकल छोएको निहुँमा सिराहामा खुकुरी प्रहार, तीनजना पक्राउ
-
बजेट कार्यान्वयनको सन्दर्भमा सरकार हराइरहेको छ
-
प्रिसा साह मृत्यु प्रकरण : भुवनेश्वर प्रहरीले के भन्यो ?
-
कालीगण्डकी तर्न साँघुको भर