चितवनको कोरोना विशेष अस्पतालमा ज्यान गुमाउने युवामा कोरोना नभएको पुष्टि
काठमाडौं । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मंगलबार बिहान ज्यान गुमाउने युवामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ ।
मृतक वीरगन्जका ३० वर्षीय सन्तोष यादवको रिपोर्ट प्राप्त भएको र रिपोर्ट हेर्दा उनमा कोरोना संक्रमण नभएको देखिएको अस्पतालका प्रमुख तथा प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।
'रिपोर्ट आएको छ, रिपोर्टमा कोरोना नेगेटिभ देखियो', अधिकारीले रातोपाटीसँग भने, ‘यहाँबाट स्याम्पल लिइएका अन्य तीन जनालाई पनि प्रयोगशालाले नेगेटिभ नतिजा आएको जानकारी दियो।’
कोरोनाको आशंकामा यादवको शव सोही अस्पतालमा राखिएको थियो। अब उनको शव परिवारलाई दिइनेछ । मिगौलाको रोगी रहेका उनी भरतपुर मेडिकल कलेजमा चैत ९ गते भर्ना भएकोमा सोमबार कोरोनाका आशंकामा कोरोना विशेष अस्पतालमा रिफर भएका थिए । अस्पतालले सोमबार नै कोरोनको टेस्टका लागि प्रयोगशालामा नमुना पठाएकोमा रिपोर्ट आउनुअघि नै उनको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण