कोरोना संक्रमणबाट जोगिन भन्दै सडक बन्द, अपरिचितलाई प्रवेशमा रोक
कैलाली। धनगढीका ३४ वर्षीय एक युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि धनगढी आसपासका गाउँहरुमा स्थानीयले नै कडाइ गर्न थालेका छन् ।
उनीहरुले सडक बन्द गरी लकडाउनको पालना गर्न अनुरोध समेत गरिरहेका छन् ।
गाउँघरमा अपरचित मानिसहरु आए स्थानीयले प्रवेश निषेध गरेका छन् भने सडकमा काठहरु राखेर आवजावत बन्द गरेका छन् ।
धनगढी वडा नं १३ स्थित राजपुर राना टोलमा सडकबाट आवतजावत बन्द गरेको स्थानीय दिल महराले जानकारी दिए ।
यो सडकबाट भारतीय सीमा क्षेत्रमा रहेका चोर नाका हुँदै दैनिक ५० जना भारतीय र नेपाली आवतजावत गर्ने गरेपछि रोग संक्रमण हुनबाट बच्न आफूहरुले बाँध्य भएर कडाइ गर्नुपरेको उनले बताए ।
‘कोरोना भाइरसका विरामीको पुष्टि भएपछि सवै टोलबासी मिलेर बाटो बन्द गरेका छौं’', राना टोलका अर्का स्थानीय साबु रानाले बताए ।
लकडाउनको पालना र संक्रणवाट जोडिन सडक बन्द गरिएको उनले बताए ।
भारतवाट राजघाट गाउँमा धेरै मानिसहरु आएका छन् तर उनीहरुलाई क्वारेन्टाइनमा समेत राखिएको छैन । आजभोलि धनगढीका आसपासका धेरैजसो क्षेत्रहरुमा कडाइ थालिएको बताइएको छ ।
चैत्र ११ गते सेति प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना भएका युवकमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि धनगढी आसपासका क्षेत्रहरुमा कडाइ थालिएको हो ।
त्यसैगरी आज भारतवाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका ८ जनालाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले चोर नाका प्रयोग गर्दै नेपाल प्रवेश गर्नेमाथि निगरानी बताइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्ष कुमार वस्नेतले जानकारी दिए । पक्राउ परेकाहरुलाई क्वारेन्टाइनमा राखिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण