अमेरिकामा मृतकको आँकडा तीन हजार पार, संक्रमित संसारकै धेरै
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ ।
जोन हप्किन्स युनिभर्सिटीको ताजा आँकडा अनुसार अमेरिकामा अहिलेसम्म कूल तीन हजार ८ व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।
जसमा सबैभन्दा धेरै मृत्यु न्यूयोर्क सिटीमा भएको छ । यहाँ ९ सय १४ व्यक्तिको मृत्यु भएको छ ।
न्यूयोर्क सिटीपछि न्यूजर्सी अमेरिकाको सबैभन्दा प्रभावित इलाका हो । यहाँ अहिलेसम्म १ सय ९८ जनाको मृत्यु भएको छ ।
अमेरिकामा अहिले संसारको सबैभन्दा धेरै कोरोनाभाइरसद्वारा संक्रमित व्यक्ति छन् जसको संख्या १ लाख ६३ हजारभन्दा बढी छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको सुरुवाती चरणमा अमेरिकाले यसलाई सजिलै हराउन सक्ने बताएका थिए । तर मार्च ३० मा उनले भनेका छन्, ‘अमेरिकामा यदि हामी मृत्युको आँकडालाई कम गर्न वा रोक्न सफल रह्यौं भने हामी मान्नेछौं कि हामीले निकै राम्रो काम गर्यौं ।’
यस्तै, अमेरिकी सरकारमा संक्रामक रोगका विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरसका कारण एकदेखि दुई लाख व्यक्तिको ज्यान जानसक्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता 'लास र दास' होइनन्, काँग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण