फ्रान्समा पहिलो पटक एकैदिन ४९९ को मृत्यु
बुधबार, १९ चैत २०७६, ०६ : २८
फ्रान्समा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन ४ सय ९९ को मृत्यु भएको छ । फ्रान्सका स्वास्थ्य सेवा निर्देशक जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा कोरोनका कारण ४ सय ९९ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै यहाँ मृतकको संख्या ३ हजार ५ सय २३ पुगेको छ । उनीहरु सबैको मृत्यु अस्पतालमा भएको हो ।
फ्रान्समा महामारी सुरु भएपछि पहिलो पटक एकैदिन यति धेरैको मृत्यु भएको हो ।
पत्रकार सम्मेलनमा जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा देशमा कोरोना संक्रमितको संख्या ४४ हजार ५ सय ५० बाट बढेर ५२,१२८ पुगेको बताए ।
जोन हप्किन्स युनिभर्सिटीका अनुसार फ्रान्स ती ६ देशमध्ये एक हो जहाँ कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ । अहिलेसम्म फ्रान्ससमेत अमेरिका, इटली, चीन, स्पेन र जर्मनीमा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण