अब चीनको यो शहरमा कुकुर–बिरालोको मासु खान प्रतिबन्ध
चीनको शेन्जेन शहरमा कुकुर र बिरालोको मासु खान रोक लगाइएको छ । यस्तो प्रतिबन्ध लागू गर्ने चीनको यो पहिलो शहर हो । ।
यो निर्णय कोरोनाभाइरस महामारीका कारण उठाइएको हो । जंगली जनावरमार्फत् कोरोनाभाइरस मानिसमा सरेको भन्ने अनुमानका बीच चीन सरकारले जंगली जनावरको मासु खान प्रतिबन्ध लगाएको थियो । तर शेन्जेनले एक कदम अगाडि बढ्दै कुकुर र बिरालोको मासु खान पनि प्रतिबन्ध लगाएको छ ।
ह्युमन सोसाइटी इन्टरनेशनल नामको संस्था अनुसार एशियाली देशमा हरेक वर्ष ३ करोड कुकुरको मासुका लागि हत्या गरिन्छ ।
यद्यपि, चीनमा बिरालोको मासु खानु सामान्य होइन । त्यहाँका धेरैजसो मानिसहरुले न त बिरालोको मासु खाएका छन् न खान नै चाहन्छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार शेन्जेन सरकारले भन्यो, ‘कुकुर र बिरालो घर पालुवा जनावरको रुपमा मानिससँग निकै नजिक छन् र घरपालुवा जनावरको मासुमाथि विकसित देशलगायत हङ्गकङ र ताइवानमा प्रतिबन्ध लगाइन्छ । यो प्रतिबन्ध मानव सभ्यता अनुकुल छ ।’
जनावरको हितका लागि काम गर्ने संस्था ह्यूमन सोसाइटी इन्टरनेशनलले यो कदमको स्वागत गरेको छ ।
संस्थाका विशेषज्ञ डाक्टर पिटर लीले भने, ‘यो निर्णय त्यो बर्बर व्यापारमाथि रोक लगाउने दिशामा एउटा ऐतिहासिक कदम साबित हुनेछ जसमा चीनमा हरेक वर्ष एक करोड कुकुर र ४० लाख बिरालोको हत्या गरिन्छ ।’
भालुको पित्त भने लिन पाइनेः
यद्यपि, यो कदमका साथै चीनले कोरोनाको बिरामीको उपचारका लागि भालुका पित्तको प्रयोग गर्न भने अनुमति दिएको छ ।
चीनमा भालुको पित्तमा भएको एसिडको प्रयोग पत्थरी र कलेजोका बिरामीको उपचारका लागि घरेलु औषधीको प्रयोग गरिन्छ ।
तर यो कोरोनाका लागि पनि प्रभावकारी हुन्छ भनेर कुनै प्रमाण भने भेटिएको छैन ।
एनिमल एशिया फाउन्डेशन नामका संस्थाका प्रवक्ता ब्रायन डेलीले समाचार एजेन्सी एएफपीसँग भने, ‘जंगली जनावर नै यो खतरनाक भाइरसको स्रोत बताइएका बेला हामी यो खतरनाक भाइरसको उपचारका लागि जंगली जनावरमाथि निर्भर हुनुहुँदैन ।’
जंगली जनावरको बजारः
चीन सरकारले फेब्रुअरीमा वन्यजन्तुको व्यापार र त्यसको मासु खान रोक लगाएको छ ।
चीनको ऊहानस्थित बजारबाट कोरोनाभाइरस फैलन सुरु गरेको बताएपछि यस्तो कदम उठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण