कविता : म घर खोजिरहेछु
तिमीले घरभित्रै बस्ने
आदेश दियौ
म बेघरबार
एउटा गुन्टामा सिङ्गो पृथ्वीको भार
शिरमा अड्याएर
आफ्नै देशभित्र
निर्वासित पैतालाले
घर खोज्दै हिँडिरहेको छु
अनुमति छैन
एक मिटर पनि हिँड्न
म सयौं माइलको यात्रा
घरभित्रै बस्ने
तिम्रै आदेश पालना गर्न
घर खोज्दै हिँडिरहेको छु
मुसाको दूलोमा अटाउँदिनँ
चराको गुँडमा रहन सक्दिनँ
पानीभित्र पसेँ भने निस्सासिन्छु
जङ्गलभित्र छिरेँ भने
आतङ्ककारी भनेर
तिमी नै गोली ठोक्छौ
त्यसैले घरभित्रै बस्न
म घर खोज्दै हिँडिरहेको छु
मैले पाएको सुरक्षित ओत
आमाको गर्भ बाहेक
अरू ठाउँ भएन
जहाँ फेरि म
फर्कन सक्दिनँ
त्यसैले घरभित्रै बस्ने
तिम्रो आदेश पालना गर्न
म घर खोज्दै हिँडिरहेको छु
आदेश उलङ्घनको भरपाइमा
लैजाऊ मलाई कारागार र
थुन झ्याल नभएको कालकोठरीमा
जुन बन्नेछ
केही बेरका लागि भए पनि
मेरो घर
जसले टुङ्याइदिनेछ
मेरो घर खोज्ने यात्रा र
हुनेछ शतप्रतिशत
तिम्रो घरभित्रै बस भन्ने
बेजोडको आदेश पालना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण