वीरगंजमा कोरोना उपचार केन्द्र स्थापना गर्न मुख्यमन्त्रीसमक्ष माग
जनकपुर - कोरोनाभाइरसको संक्रमण परीक्षण तथा उपचारका लागि वीरगंजमा उपचार केन्द्र स्थापनाका लागि माग गरिएको छ ।
पर्सा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सदस्य प्रदीप यादव, वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय र आकस्मिक विभाग प्रमुख तथा नेपाल चिकित्सक संघका नारायणी शाखाका महासचिव डा. उदयनारायण सिंह लगायतको टोलीले वीरगंजमा उपचार केन्द्र स्थापना गर्न प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको ध्यानाकर्षण गराएको हो ।
वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना रोगको परीक्षण, पिसिआर ल्याब, स्थास्थ्यकर्मीहरुको सुरक्षाका लागि पिपिई लगायतका सामग्री तथा छुट्टै कोभिड अस्पताल संचालन गर्न मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराएको हो ।
सोही क्रममा मुख्यमन्त्री राउतले छिट्टै नै वीरगंजमा उपचार केन्द्र निर्माणको कार्य अघि बढाउने बताएको उक्त टोलीका एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार मुख्यमन्त्री राउतले जनकपुर तथा वीरगंजमा गरी दुई ठाउँमा पिसिआर मेसिनसहितको परीक्षण ल्याब तथा रोगको उपचार केन्द्र संचालन गर्ने तयारी भइरहेका जानकारी दिएका थिए ।
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले महानगरको आवश्यकताको बारेमा आफुहरुले मुख्यमन्त्री तथा प्रदेश सरकारका सम्वन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण