इटलीमा मृतकको संख्यामा कमी तर चिन्ता अझै बाँकी
बिहीबार, २७ चैत २०७६, ०७ : ०२
इटलीमा आइतबारपछि कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ ।
साथै, नाजुक स्थितीका बिरामीको संख्यामा पनि कमी आएको छ । तर संक्रमितको संख्यामा भने कमी आउन सकेको छैन । यहाँ दैनिक संक्रमितको संख्या बढ्दो छ । तसर्थ, चिन्ता अझै पनि बाँकी छ ।
यहाँ सुरुवाती चरणको तुलनामा परीक्षणको संख्या पनि बढाइएको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ हालसम्म कूल १ लाख ३९ हजार संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३६ संक्रमित भेटिएका छन् भने ५ सय ४२ जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या १७ हजार ६ सय ६९ पुगेको छ ।
एक लाख बढी संक्रमितमध्ये ३ हजार ६ सय ९३ को स्थिती गम्भीर छ । यहाँ २६ हजार ४ सय ९१ जना निको भएर घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण