फ्रान्समा २४ घण्टाभित्र ९८७, बेलायतमा ९८० को मृत्यु
शनिबार, २९ चैत २०७६, ०७ : १६
फ्रान्समा एकै दिनभित्र ९ सय ८७ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १३ हजार १ सय ९७ पुगेको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ७ हजार १ सय २० नयाँ संक्रमित देखिएका थिए । हालसम्म संक्रमितको कूल संख्या १ लाख २४ हजार ८ सय ६९ पुगेको छ ।
संक्रमितमध्ये ७ हजार ४ जनाको अवस्था चिन्ताजनक छ । हालसम्म यहाँ २४ हजार ९ सय ३२ जना निको भइसकेका छन् ।
उता बेलायतमा पनि पछिल्लो २४ घण्टामा ९ सय ८० जनाको मृत्यु भएको छ । यससँगै यहाँ कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ५८ पुगेको छ ।
साथै एकैदिन ८ हजार ६ सय ८१ नयाँ संक्रमित थपिएसँगै हालसम्म कूल संक्रमितको संख्या ७३ हजार ७ सय ५८ पुगेको छ ।
यहाँ १ हजार ५ सय ५९ संक्रमितको अवस्था नाजुक छ भने निको हुनेको संख्या ३ सय ४४ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण