५२ देशका २२,०७३ स्वास्थ्यकर्मी कोरोना संक्रमितः विश्व स्वास्थ्य संगठन
आइतबार, ३० चैत २०७६, ०९ : ३५
विश्व स्वास्थ्य संगठनले शनिबारको आफ्नो रिपोर्टमा हालसम्म २२ हजार ७३ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसद्वारा संक्रमित भएको जानकारी दिएको छ ।
संगठनका अनुसार अप्रिल ८ तारिखसम्म ५२ देशका २२ हजार ७३ स्वास्थ्यकर्मी प्रभावित भइसकेका छन् । संगठनले भनेको छ, ‘सबै देशले आफ्ना कति स्वास्थ्यकर्मीमाथि संक्रमण देखिएको छ भनेर पक्का जानकारी दिएका छैनन् तसर्थ यो आँकडा यहाँ उल्लेख गरिएको भन्दा पनि बढी हुनसक्छ ।’
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीले कोरोनाभाइरसविरुद्धको लडाईंमा फ्रन्ट लाइनमा उभिएर महत्वपूर्ण भूमिका निभाइरहेका छन् । संगठनले भनेको छ, ‘यतिबेला उनीहरु संक्रमित बिरामीहरुको पूर्ण रेखदेख गरिरहेका छन् ताकि उनीहरुबीच हुने संक्रमण रोक्न सकियोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण