ट्रम्पका साथी स्ट्यानले चेराको कोरोनाभाइरसका कारण मृत्यु
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निकै मिल्ने साथी स्ट्यानले चेराको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
उनी न्यूयोर्क सिटीका रियल स्टेट डेभलपर हुन् । साथै, उनले रिपब्लिकन पार्टीलाई आर्थिक सहयोग प्रदान गर्दै आएको सिएनएनले बताएको छ ।
चेराले सन् २०१६ देखि २०१९ सम्म डोनल्ड ट्रम्पलाई राष्ट्रपति चुनावका बेला र उनको विजयपश्चात् ४ लाख २ हजार ८ सय डलरको आर्थिक सहयोग गरेको फेडरल इलेक्सन कमिसन रेकर्डले जानकारी दिएको छ ।
चेराले गत नोभेम्बरमा आयोजित न्यूयोर्क सिटी भेटरन डे परेडमा ट्रम्पलाई ‘मेरा निकै मिल्ने साथी’ भनेर सम्बोधन गरेका थिए ।
यस्तै ट्रम्पले पनि मिचिगनको ग्रान्ड र्यापिड्समा आयोजित –यालीमा चेरालाई देखाउँदै भने, ‘उनी उत्कृष्ट व्यक्ति हुन् । मसँग मेरा सुरुवाती दिनदेखि नै सँगै छन् ।’
न्यूयोर्क पोष्टले चेरा गत मार्च २४ तारिखमा अस्पताल भर्ना भएको जानकारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण