आफन्तलाई कुटपिट गरी महिलामाथि सामूहिक बलात्कार
कैलाली । धनगढी बस्ने एक महिलामाथि मोटरसाइकलमा आएका चार जनाको समूहले बलात्कार गरेको छ । गाैरीगंगा नगरपालिका वडा नं १ चनारामा बस्दै आएका आफन्तलाई सोमबार भेट्न गएकी २७ वर्षाीया ती महिला आज धनगढी घर फर्कने क्रममा ४ जनाको समूहबाट सामूहिक बलात्कारको शिकार बनेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मोटरसाईकलमा आएका ४ जनाको समूहले गौरीगङ्गा नगरपालिका–१ खुरखुरियामा सडकमा रोकेर धारिलो हतियार देखाएर बलात्कार गरेको प्रहरीको भनाइ छ ।
चार जनाको समूहले पीडितसँग रहेका तीन जनालाई कुटपिट गरेर सडकबाट १०० मिटर टाढा एकान्त ठाउँमा जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टको कमाण्डमा गएको टोलीले चार जनालाई पक्राउ गरी थप अनुसन्धान भइइरहेको उनले बताए ।
पक्राउ पर्नेमा कैलाली गौरीगंगा नगरपालिका–४ बस्ने वर्ष २० का नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, वर्ष २० को निर्मल चौधरी र सोही ठाउको वर्ष २४ को नरेश भट्ट रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण