अमेरिकाका केही राज्य सायद बैशाख २० अघि नै खुल्नेछः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अमेरिकी राज्य गभर्नरबीच लकडाउन समाप्तिको लागि मतभेद जारी छ ।
सोमबारको पत्रकार सम्मेलनमा लकडाउन खुलाउने नखुलाउने भन्ने कुराको निर्णय गर्ने पूर्ण अधिकार भएको बताएका ट्रम्पले मंगलबार भने भिन्न अभिव्यक्ति दिएका छन् ।
उनले अब गर्भनरले नै आफ्नो राज्य पुनः खुल्ने नखुल्ने भन्ने विषयमा निर्णय लिने बताएका छन् । यो प्रक्रियामा संघीय सरकारको सहयोग रहने उनले जानकारी दिएका छन् ।
ह्वाइट हाउसको रोज गार्डेनमा बोल्दै ट्रम्पले भने, ‘२० राज्यको अवस्था निकै राम्रो छ । तीमध्ये कति त अप्रिलको अन्त्यतिर वा मे १ (बैशाख २०) अघि नै खुल्न सक्छन् ।’
‘म सबै ५० राज्यका गर्भनरसँग संक्षिप्त कुराकानी गर्नेछु र प्रत्येकलाई आफ्नो राज्य पुनः खोल्नका लागि अधिकार दिनेछु ।’
उनले कोरोनाभाइरसले राज्यमा निम्त्याउने जे जति उतारचढाव हुन्छ त्यसका लागि गभर्नर जिम्मेवार रहने पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण