अमेरिकाले कोरोनाभाइरस संक्रमणको चरम सीमा पार गरिसकेको ट्रम्पको दाबी
कोरोनाभाइरस संक्रमणसँग जोडिएको अहिलेसम्मको महत्वपूर्ण खबरः
– जोन होपकिन्स युनिभर्सिटीका अनुसार संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या बढेर २० लाख ६० हजार पार गरिसकेको छ । जबकी मृतकको संख्या एक लाख ३४ हजारभन्दा बढी छ ।
– संसारका सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् र मृतकको संख्या पनि सबैभन्दा धेरै अमेरिकामा नै छ । अमेरिकामा मृतकको संख्या २८ हजारभन्दा बढी छ । जबकी संक्रमितको संख्या ६ लाख ३७ हजारभन्दा बढी छ ।
– अमेरिकापछि दोस्रो सबैभन्दा प्रभावित देश इटली हो । जहाँ मृतकको आँकडा २१ हजार पार छ । इटलीमा संक्रमितको संख्या १ लाख ६५ हजारभन्दा बढी छ ।
– इटलीपछि सबैभन्दा धेरै मृत्यु स्पेनमा भएको छ । स्पेनमा अहिलेसम्म १८ हजार ८ सय १२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जबकी एक लाख ८० हजारभन्दा बढी संक्रमित भएका छन् ।
– यस्तै, ब्रिटेनमा मृतकको संख्या १२ हजार पार छ । यहाँ ९९ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।
– आइएमएफका अनुसार कोरोनाभाइरसका कारण यो वर्ष एशियाको आर्थिक वृद्धि ६० वर्षमा पहिलो पटक रोकिनेछ ।
– जी–२० समूहका देशले संसारभरीका सबैभन्दा गरिब देशमध्ये ७७ वटा देशको ऋण चुक्ता गर्नुपर्ने म्याद थप गर्नेमा सहमती गरेका छन् ।
– चीनले कोभिड–१९ का बिरामीको उपचारका लागि सुरु गरिएको अस्पतालमध्ये एउटालाई बन्द गरेको छ । कोभिड–१९ का लागि विशेषगरी तयार पारेर राखिएका यी अस्पताल केही दिनभित्रै तयार भएका थिए ।
– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको सबैभन्दा खतरनाक स्थिती बितिसकेको र अमेरिकाका केही राज्य चाँडै नै खुल्ला हुने कुरामा आशा गरेको जानकारी दिए । ह्वाइट हाउसमा दैनिक रुपमा आयोजित पत्रकार सम्मेलनका बेला ट्रम्पले प्रतिबन्ध हटाउनका लागि तोकिएको नियमको घोषणा राज्यका गर्भनरसँगको कुराकानीपश्चात् बिहिबार सार्वजनिक गरिने बताएका छन् ।
– जर्मनीका चान्सलर एंगेला मर्केलले कोरोनाभाइरसको संक्रमण रोक्नका लागि चलिरहेको प्रतिबन्ध बिस्तारै समाप्त हुने बताएकी छिन् । यद्यपि, सामाजिक दुरीको नियमलाई कम्तीमा मे ३ सम्म लागू गर्ने जानकारी दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण