बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ट्रम्पले पेश गरे लकडाउन हटाउने तीन चरणको योजना

शुक्रबार, ०५ वैशाख २०७७, ०९ : १४
शुक्रबार, ०५ वैशाख २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशमा सामान्य जनजीवन सुरु गर्नका लागि तीन चरणको एक योजनाको प्रस्ताव पेश गरेका छन् ।

ट्रम्पले ‘ओपनिङ अप अमेरिका अगेन’ योजना अनुरुप विद्यालय र कार्यालय खोल्नका लागि तीन चरणको प्रस्ताव पेश गरेका छन् र सबै राज्यलाई यी सुझाव लागू गर्नेबारे विचार गर्न आग्रह गरेका छन् । योजनाका अनुसार सबै चरण कम्तीमा १४ दिनसम्म लागू हुनेछन् ।

बिहिबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यो योजनाबारे विस्तृत जानकारी दिए । उनले लामो समयसम्म अर्थव्यवस्थालाई बन्द राख्नु कोरोना संकटसँग लड्ने उचित उपाय नभएको बताएका छन् ।

संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या २१ लाख ८२ हजारभन्दा बढी छ । कोरोनाभाइरसले हालसम्म एक लाख ४५ हजार बढीको ज्यान लिइसकेको छ ।

कोरोनाद्वारा सबैभन्दा धेरै अमेरिकी जनता प्रभावित भएका छन् । यहाँ साढे ३४ हजार बढीको मृत्यु भइसकेको छ भने ६ लाख ७७ हजार जनता संक्रमित छन् ।

कस्तो छ ट्रम्पको योजना ?

योजनाको पहिलो चरणमा सामाजिक दुरीको नियम लागू गर्ने कुरा बताइएको छ । यतिबेला विद्यालय र कार्यालय बन्द हुनेछन् ।

यदि यो कदमले राज्यमा संक्रमितको संख्यामा कमी देखिए राज्यले दोस्रो चरण लागू गर्नेबारे विचार गर्न सक्छन् । दोस्रो चरणमा सिमित संख्यामा कर्मचारी राखेर केही कार्यालय खोल्न अनुमती दिइनेछ । साथै ५० भन्दा बढी व्यक्तिलाई एकै स्थानमा जम्मा हुन प्रतिबन्ध लगाइनेछ ।

तेस्रो चरणमा सबै कार्यालयलाई सामान्य रुपमा काम गर्ने अनुमती दिइनेछ र यतिबेला अस्पताल र ज्येष्ठ नागरिकका लागि केयर होममा मानिसहरुको आवतजावतमा प्रतिबन्ध हुनेछैन । यतिबेला जसलाई संक्रमणको खतरा छ उनीहरुलाई सावधानी अपनाउन सल्लाह दिइनेछ ।

राज्यका गभर्नरमाथि छोडिदिए निर्णयः

योजना सार्वजनिक गर्नुअघि ट्रम्पले राज्यका गभर्नरसँग यसबारे चर्चा गरेका थिए र नागरिकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय राज्यका गभर्नरमाथि छोडिदिन सहमत भएका थिए ।

यसअघि ट्रम्पले राज्यमा प्रतिबन्ध हटाउनेबारे उनी आफैं निर्णय लिनसक्ने बताएका थिए । पछि ट्रम्प यसका लागि राज्यका गभर्नरको निर्णय लागू हुनुपर्ने र यसबारे सरकारले दिशानिर्देशक मात्रै जारी गर्नसक्ने कुरामा राजी भएका थिए ।

चर्चाका बेला गभर्नरसँग उनले भने, ‘यो योजनालाई तपाईंले आवश्यकता अनुसार लागू गर्न सक्नुहुन्छ, हामी यसमा तपाईंको मद्दत मात्र गरिरहेका छौं । तपाईंहरुलाई जे सामान चाहिन्छ त्यो हामी सप्लाई गर्नेछौं ।’

पत्रकार सम्मेलनमा ट्रम्पसँग सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक एन्थोनी फाउची र कोरोनाभाइरस टास्क फोर्सकी संयोजक डाक्टर डेबोरा ब्रिक्स पनि उपस्थित थिइन् ।

राज्यले आफ्नो भिन्न समय लिनसक्छन्ः

राष्ट्रपति ट्रम्पले भने, ‘हामीले एउटा युद्ध लड्नका लागि आफ्नो अर्थव्यवस्था बन्द गरेका थियौं र हामी यो युद्ध जितिरहेका छौं । त अब देशमाथिको प्रतिबन्ध हटाउनु पर्नेछ । हामीले हाम्रो अर्थव्यवस्था चलायमान राख्नुपर्छ र हामीले यो काम चाँडै नै गर्नुपर्छ ।’

उनले सबै राज्यले आफ्नो स्थितीको आँकलन गरेपछि भिन्न भिन्न समयमा प्रतिबन्ध हटाउन सुरु गर्ने बताए ।

उनले भने, ‘सबै राज्य अलग छन् । कति राज्यमा चाँडै काम सुरु हुन सक्छ भने कतिमा थोरै समय लाग्न सक्छ ।’

पत्रकार सम्मेलनमा ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि पनि आरोप लगाउँदै भने, ‘अमेरिकालाई तयारी गर्नका लागि पूरा समय दिइएन । म रिसाएको छु किनभने उनीहरुले अमेरिका र पूरा दुनियाँलाई यो संकटबारे पहिले नै जानकारी दिनुपर्दथ्यो ।’

यद्यपि, ह्वाइट हाउस मेमोका अनुसार यसै वर्ष जनवरीमा अमेरिकालाई कोरोनाभाइरसको बढ्दो संकटबारे जानकारी दिइएको थियो । आलोचकका अनुसार ट्रम्पले चीन र अमेरिकाबीचको हवाईसम्पर्कमाथि तुरुन्त रोक लगाएका थिए तर त्यसपछि मार्च महिनासम्म कोरोनासँग लड्नका लागि जुन महत्वपूर्ण समय थियो त्यो खेर फाले ।

खेल अझै समाप्त भएको छैनः

कोरोनाभाइरस टास्कफोर्सकी संयोजक डाक्टर डेबोरा ब्रिक्सले योजनाका अनुसार यी तीन चरणमा काम गर्दै राज्य चरणबद्ध थरिकाले कर्मचारीलाई काममा फिर्ता गर्नका लागि अनुमती दिनसक्छ ।

तर तेस्रो चरणमा मानिसहरुलाई सामाजिक दुरीको नियम पालना गर्न सल्लाह दिइन्छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक एन्थोनी फाउचीले भनिन्, ‘तपाईं यो योजनालाई जे भने पनि भन्नुहोस् तर खेल अझै समाप्त भएको छैन ।’

उनले चेतावनी दिँदै भने, ‘यो भाइरसले एकपटक पुनः टाउको उठाउन सक्छ र यसको परिणामा भोग्नुपर्ने हुनसक्छ ।’

यद्यपि उनले भाइसको भ्याक्सिन नबनेसम्म आफूहरुले स्थितीलाई नियन्त्रणमा ल्याउनसक्ने कुरामा आशावादी भएको बताएका छन् ।

बीबीसी हिन्दीबाट रातोपाटीको अनुवाद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप