बिस्तारै–बिस्तारै हटाइयोस् लकडाउनः विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ संक्रमण फैलनबाट रोक्नका लागि लगाइएको प्रतिबन्ध र लकडाउनलाई बिस्तारै बिस्तारै मात्र हटाउनुपर्ने बताएका छन् ।
विश्व स्वास्थ्य संगठनको यो वक्तव्य यस्तो बेला आएको हो जब थुप्रै देशले आफ्नो देशमा लागू गरेको लकडाउन हटाउनेबारे विचार गरिरहेका छन् । कतिले त लकडाउनलाई आंशिक रुपमा हटाइसकेका छन् ।
डब्ल्यूृएचओले यदि हतार गरेर वा सही समय अगावै लकडाउन हटाइए कोरोना संक्रमण बढ्ने चेतावनी दिएको छ ।
डब्ल्यूएचओका क्षेत्रीय निर्देशक (पश्चिमी–प्रशान्त) ताकेशी कसाईले भने, ‘कम्तीमा जबसम्म कुनै भ्याक्सिन बन्दैन वा उपचारको प्रभावकारी तरिका नखोजिए लकडाउन हाम्रो लागि ‘न्यू नर्मल’ हुनुपर्छ किनभने यसले फाइदा पुर्याएको प्रमाण भेटिएको छ ।’
उनले भने, ‘जो सरकारले लकडाउन हटाउन चाहन्छ, उनीहरुले बिस्तारै बिस्तारै यसो गर्नुपर्छ र लगातार निगरानी राख्नुपर्छ ।’
जापान र सिंगापुरजस्तो देशमा कोभिड–१९ संक्रमणको दोस्रो लहर देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण