बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बिस्तारै–बिस्तारै हटाइयोस् लकडाउनः विश्व स्वास्थ्य संगठन

मङ्गलबार, ०९ वैशाख २०७७, १३ : ५२
मङ्गलबार, ०९ वैशाख २०७७

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ संक्रमण फैलनबाट रोक्नका लागि लगाइएको प्रतिबन्ध र लकडाउनलाई बिस्तारै बिस्तारै मात्र हटाउनुपर्ने बताएका छन् ।

विश्व स्वास्थ्य संगठनको यो वक्तव्य यस्तो बेला आएको हो जब थुप्रै देशले आफ्नो देशमा लागू गरेको लकडाउन हटाउनेबारे विचार गरिरहेका छन् । कतिले त लकडाउनलाई आंशिक रुपमा हटाइसकेका छन् ।

डब्ल्यूृएचओले यदि हतार गरेर वा सही समय अगावै लकडाउन हटाइए कोरोना संक्रमण बढ्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक (पश्चिमी–प्रशान्त) ताकेशी कसाईले भने, ‘कम्तीमा जबसम्म कुनै भ्याक्सिन बन्दैन वा उपचारको प्रभावकारी तरिका नखोजिए लकडाउन हाम्रो लागि ‘न्यू नर्मल’ हुनुपर्छ किनभने यसले फाइदा पुर्याएको प्रमाण भेटिएको छ ।’

उनले भने, ‘जो सरकारले लकडाउन हटाउन चाहन्छ, उनीहरुले बिस्तारै बिस्तारै यसो गर्नुपर्छ र लगातार निगरानी राख्नुपर्छ ।’

जापान र सिंगापुरजस्तो देशमा कोभिड–१९ संक्रमणको दोस्रो लहर देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप