लकडाउन थप्ने कि मोडल परिवर्तन गर्ने ? आज हुन्छ निर्णय
काठमाडौँ । चैत ११ गतेबाट जारी लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा सरकारले शनिबार निर्णय गर्ने भएको छ । त्यसका लागि शनिबार बिहान ११ बजे कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ ।
पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिदैछ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठकको निर्णयका आधारमा लकडाउनको स्वरुप परिवर्तन गर्ने वा अहिलेकै अवस्थालाई निरन्तरता दिने भन्ने निक्र्योल गरिने समितिका सदस्य समेत रहेका एक मन्त्रीले जानकारी दिए ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेल नेतृत्वको सो समितिलाई लकडाउनबारे छलफल गर्न जिम्मा दिएको थियो ।
शुक्रबार झापाका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ भने ११ जना निको भएर घर फर्किएका छन् ।
सरकारले पछिल्ला दिनमा कोरोना परीक्षणको दायरा बढाउँदै लैजाने नीति लिएको छ । सोही अनुसार संक्रमितको पहिचान र विश्लेषण गर्ने काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण