यी महिलाका कारण फिल्ममा नायिकासँग अंतरंग दृश्य गर्दैनन् सलमान
आजकाल नायक नायिका बोल्ड र इन्टिमेट दृश्य गर्न अलिकति पनि हिच्किचाउँदैनन्, यस्तोमा सलमान खान एक यस्ता नायक हुन् जसले आजसम्म आफ्नो कुनै पनि फिल्ममा इन्टिमेट सीन गरेका छैनन् ।
कहानीको माग अनुसार जहाँ आमिर खानजस्ता ठूला नायक कपडा उतार्नसम्म पछि पर्दैनन् भने सलमान एक्ला नायक हुन् जो अनस्क्रिन इन्टिमेट सीनको नामबाटै भाग्ने गर्दछन् ।
आखिर सलमानले यस्तो नगर्नुको कारण के होला रु कसको कारणले उनी यस्तो प्रकारको दृश्य छायांकन गर्न हिच्किचाउँछन् रु
सलमान आफैंले पनि एक पटक कसैका कारण अनस्क्रिन अंतरंग पलमा सहभागी नभएको उनले बताएका थिए ।
यसका कारण हो सलमानकी आमा सलमा खान । सलमानका अनुसार उनकी आमा उनको सबै फिल्म हेर्ने गर्दछिन् । यस्तो अवस्थामा उनी चाहँदैनन् कि उनकी आमाले उनका कारण कुनै पनि प्रकारको लज्जाबोध महसुस नगरुन् । साथै, उनको फिल्म परिवारसँगै बसेर हेर्ने भएकाले आफू यस्ता दृश्यबाट टाढै बस्ने गरेको बताए ।
स्मरण रहोस्, सलमान आफ्नो फिल्ममा नायिकालाई चुम्बन गर्दैनन् । त्यसका लागि सलमानले फिल्मसँगको सम्झौतामा ‘नो किसिङ’ बुँदालाई राख्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण