‘चीनले मलाई दोस्रो पटक राष्ट्रपति बन्न नदिन जे पनि गर्नेछ’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समाचार एजेन्सी रोयटर्सलाई बुधबार दिएको अन्तर्वार्तामा चीनले उनी दोस्रोपटक राष्ट्रपति बन्न नचाहेको बताएका छन् । ट्रम्पले कोरोनाभाइरसको महामारीलाई चीनले जसरी सम्हालिरहेको छ यो त्यसैको प्रमाण भएको जिकिर गरेका छन् ।
ट्रम्पले भने, ‘नोभेम्बरमा हुने चुनावमा चीनले मलाई रोक्नका लागि जे पनि गर्नेछ ।’
ट्रम्पले कोरोनाभाइरसको विश्वव्यापी महामारीका लागि चीनमाथि लगातार आरोप लगाउँदै आएका छन् । अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण हालसम्म ६१ हजार बढीको मृत्यु भइसकेको छ । यसका साथै अर्थव्यवस्था धरासयी बनेको छ भने बेरोजगारी ऐतिहासिक रुपमा बढेको छ ।
कोरोनाभाइरसको विध्वंशमाथि ट्रम्पमाथि प्रश्न उठिरहेको छ । उनले समय हुँदा नै सावधानी नअपनाएको आरोप लाग्ने गरेको छ । यता ट्रम्पले भने कोरोनाभाइरसको विषयमा चीन नै थप सक्रिय हुनुपर्दथ्यो भन्ने गरेका छन् ।
अन्तरवार्ताको क्रममा ट्रम्पलाई पत्रकारले चीनमाथि थप ट्यारिफ लगाउनुहुन्छ भन्ने प्रश्न सोधे । यो प्रश्नको जवाफमा ट्रम्पले भने, ‘यस्ता थुप्रै कुरा छन् जुन म गर्नसक्छु ।’
उनले थपे, ‘के गर्न सकिन्छ, त्यो हामी हेरिरहेका छौं । चिनियाँ अधिकारी लगातार आफ्नो छवि सुधार्न कोसिस गरिरहेका छन् र उनीहरु यो मामलामा नितान्त निर्दोष छन् । उनीहरु यसका लागि पिआरको सहारा लिइरहेका छन् । चीनले मलाई रोक्न र राष्ट्रपतिको रेसमा पछाडि पार्नका लागि जे पनि गर्नेछ । चीन डेमोक्रेटिक पार्टीका जो बाइडन राष्ट्रपति बनून् भन्ने चाहन्छ ।’
पछिल्ला दिनमा कोरोनाभाइरसको महामारीको विषयमा अमेरिका र चीनबीच शीतयुद्ध चलिरहेको छ । ट्रम्पले कोरोनाभाइरसलाई चिनियाँ भाइरस भन्ने गरेका छन् भने चीनले यसमाथि आपत्ति जनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण