लकडाउनमा जाम ?
कृष्ण खड्का/सुवास श्रेष्ठ
काठमाडौँ । सरकारको पछिल्लो निर्णय अनुुसार देशभर लागू गरिएको लकडाउनलाई केही खुकुलो पारिएको छ । सिमित उद्योग र संघसंस्थालाई सञ्चालनको अनुमति दिइएको छ । यसको असर काठमाडौँको ट्राफिकमा देखिएको छ । यसअघिसम्म सुनसान देखिने काठमाडौँका सडक अहिले सवारीसाधानले भरिभराउ देखिन थालिएको छ ।

सवारीसाधानको चाप बढेपछि आइतबारबाट काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनहरु सञ्चालनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले सरकारी सेवा, बैंक तथा वित्तिय क्षेत्र, निर्माण क्षेत्र अत्यावश्यक सामान बोक्ने सवारीहरु व्यवस्थापनका लागि ‘टाइमकार्ड’ प्रणाली लागू भएको जानकारी दिए । ढकालकाअनुसार सरकारी कार्यालयका सवारी विहान ९ देखि साढे १० बजेसम्म कार्यालय गइसक्नुपर्ने र साँझ ५ देखि ६ बजेसम्म फर्किसक्नुपर्ने नियम लागू भएको छ ।

यस्तै बैंक तथा वित्तिय क्षेत्रका व्यक्तिहरुले दिउँसो ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने र अन्य अत्यावश्यकीय सामान ढुवानी गर्ने सवारीहरुले बिहान १० बजेभित्र गरिसक्नुपर्ने नियम लागू भएको उनले बताए । निर्माण क्षेत्रका सवारीहरुलाई राती ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको उनले बताए । प्रमुख ढकालले पासबाहक सवारी चालकलाई पासको दुरुपयोग नगर्न आग्रह गरेका छन् । पासको दुरुपयोग भएको पाइएमा पास थुत्ने र गाडी होल्न गरिने उनले बताए ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण