कोरोना महामारीको कारण देखाउँदै नेकपा स्थायी समिति बैठक अचानक स्थगित
बुधबार, ३१ वैशाख २०७७, १० : ०२
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक स्थगित भएको छ । कोरोना महामारीका कारण बैठक स्थगित भएको नेकपा केन्द्रीय कार्यलयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।
उनका अनुसार कोरोना महामारी भइरहेका बेला स्थायी समिति सदस्यहरुको कोरोना परीक्षण गरिएको पीसीआर रिपोेर्ट आइनपुगेकाले बैठक स्थगित गर्नुपरेको हो । मंगलबार स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।
यो पनि
बैठक आज ११ बजेलाई बोलाइएको थियो । तर डेढ घण्टा अघिमात्रै स्थगित गर्ने सूचना स्थायी समिति सदस्यहरुलाई पठाइएको छ । बैठक कहिले बस्ने भन्ने पनि खुलाइएको छैन । एक सचिवालय सदस्यका अनुसार अब जेठ १५ अघि बैठक बस्ने सम्भावना छैन ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता 'लास र दास' होइनन्, काँग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
