काठमाडौमा यसरी निस्कियो डोको जुलुस !
काठमाडौँ– गाउँघरतिर घाँसदाउरा बोक्न प्रयोग गर्ने डोको सोमबार भने काठमाडौका सडकमा देखिए । डोकासहितको जुलुस काठमाडौँको टेकु, त्रिपुरेश्वर हुदै माइतिघर मण्डसम्म आइपुग्दा सर्वसाधारणहरुले अचम्म मानेर नियालेका देखिन्थे ।
डोको बोकेर जुलुसमा सहभागि भएकाहरुले ‘कृषिको संरचना गाउँगाउँमा, सिंहदरवारको अधिकार ठाउँठाउमा’ भन्ने व्यानर समेत बोकेका थिए । कृषिका संरचना एकीकरण र विकेन्द्रीकरणका लागि किसान अभियान नाम दिइएको उक्त र्यालीमा सहभागिहरुले स्थानीय तहमा कृषकहरुलाई श्रोत, साधन र जनशसिक्तसहितको व्यवस्था गर्न माग गरेका थिए । राष्ट्रिय कृषक समुह महासंघ नेपाल र राष्ट्रिय भूमि अधिकार मञ्चले काठमाडौको त्रिपुरेश्वरबाट माइतघर मण्डलासम्म डोको र्यालि निकालेका हुन् ।
रयालीमा सुल्टो डोको र उल्टो डोको गरी दुई प्रकारले डोको प्रदर्शन गरिएको थियो । सुल्टो डोकोको अर्थ अहिलेको सरकारले दिने गरेको कृषि संरचनाको संकेत गरिएको हो भने उल्टो अव लागु गर्नुपर्ने कृषि संरचनाको संकेत हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण