ताइवानबारे अमेरिकालाई चीनको धम्कीः नतिजा भोग्नुपर्नेछ
अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले मंगलबार ताइवानका राष्ट्रपति साई इंग–वेनलाई शुभकामना दिएका छन् ।
शुभकामना सन्देशमा उनले ताइवानको जिवन्त लोकतन्त्रको साहसिक, दूरदर्शितापूर्ण नेतृत्वका लागि राष्ट्रपति साई इंग–वेनको तारिफ गरेका छन् ।
अमेरिकाको तर्फबाट ताइवानको सरकारलाई यस्तो प्रकारको शुभकामना सन्देश कमै देखिन्छ ।
Congratulations to Dr. Tsai Ing-wen on the commencement of your second-term as Taiwan’s President. Taiwan’s vibrant democracy is an inspiration to the region and the world. With President Tsai at the helm, our partnership with Taiwan will continue to flourish.
— Secretary Pompeo (@SecPompeo) May 19, 2020
राष्ट्रपति साई इंग–वेनको दोस्रो कार्यकालको सुरुवातबारे बधाई दिँदै अमेरिकी विदेशी मन्त्री माइक पोम्पियोले ट्वीटरमा लेखे, ‘ताइवानका राष्ट्रपति पदको दोस्रो कार्यकालको सुरुवातका लागि डाक्टर साई इंग–वेनलाई शुभकामना । ताइवानको जिवन्त नेतृत्व त्यो क्षेत्र र संसारका लागि प्रेरणाको स्रोत हो । राष्ट्रपति साई इंग–वेनको नेतृत्वमा ताइवानसँग हाम्रो समझदारी फली–फुलिरहनेछ ।’
माइक पोम्पियोको ट्वीटमा चीनको विदेश मन्त्रालयले कडा प्रतिक्रिया जनाएको छ ।
बुधबार चीनको विदेश मन्त्रालयले भन्यो, ‘अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ताइवानका राष्ट्रपति साई–वेनलाई शुभकामना दिएर ताइवान–चीन सम्बन्ध र चीन–अमेरिका सम्बन्धको क्षेत्रको शान्तिलाई गम्भीर क्षती पुर्याएको छ ।’
चीनको विदेश मन्त्रालयले आफ्नो बयानमा यसका लागि चीनले आवश्यक कदम उठाउने र अमेरिकाले यसको नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण