१० लाख रुपैयाँ र मोटरसाइकल छाडेर दुई जना फरार
रौतहट – रौतहटको सिमावर्ती नगरपालिका ईशनाथमा प्रहरीले १० लाख नगद रुपैयाँसहित एउटा मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीले ईशनाथ नगरपालिका–९ स्थित नहरको बाटोमा आज बिहान ६ बजेर ३० मिनेटमा १० लाख रुपैयाँ नगद र ना५४ प २११६ नम्बरको मोटरसाइकल बरामद गरेको हो ।
उक्त मोटरसाइकलको अगाडि कपडाको झोलामा केही सामान लिएर औरैयाबाट कुडियातर्फ गइरहेका दुई जनालाई प्रहरीले चेकजाँच गर्न पिछा गर्ने क्रममा ती दुई जना व्यक्ति मोटरसाइकल र नगद छोडेर भागेको प्रहरीले जनाएको छ ।
एक/एक हजारको ८ गड्डी र पाँच/पाँचसयको ४ गड्डी र १० हजार खुद्रा रकम रहेको असई ललित साहले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबीराज खड्काले उक्त रकम र मोटरसाइकल तस्करको हुन सक्ने जनाएका छन् ।
लकडाउनको समयमा लुकीछिपी भारतीय सामान खरिद गर्न जाने क्रममा प्रहरीलाई देखेर तस्कर समूह भागेको हुनसक्ने अनुमान रहेको एसपी खड्काले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण