मंगलबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले मंगलबारको पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज नेपालका पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली र स्थानीय वायुको पनि प्रभाव रहेको छ।
यसका साथै, हाल देशको पहाडी भूभागका केहि स्थानमा आंशिक बदली भइरहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा अपरान्हपश्चात सामान्य बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै, मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक÷दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
राति भने देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमानले जनाएको छ ।
त्यसैगरी, पूर्वी र मध्य भूभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भूभागका एक÷दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण