सैफ अली खान र अमृता सिंहको वर्षौं पुरानो रोमान्टिक भिडियो भाइरल (भिडियो)
एजेन्सी - सम्बन्धविच्छेदपछि आ–आफ्नो जीवन विताइरहेका बलिउडमा कुनै समय निकै चर्चित जोडीको रुपमा स्थापित सैफ अली खान र अमृता सिंहको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
आफूभन्दा १० वर्ष जेठी अमृताको प्रेममा पागल भएका सैफले अन्ततः अमृतासँग विवाह गरेरै छाडे । एकअर्कासँग निकै मिलनसार र हाँसी खुशी रहेको यो जोडीको वैवाहिक जीवन भने अन्तसम्म चल्न सकेन र १३ वर्षपछि सम्बन्धविच्छेद नै गरे ।
सम्बन्धविच्छेदपछि सैफले करीनासँग विवाह गरे भने अमृता एकल जीवन विताइरहेकी छिन् ।
यसैबीच, उनीहरुको एउटा भिडियो सामाजि सञ्जालमा भाइरल भएको छ । भिडियोमा अमृताले गीत गाइरहेकी छिन् र उनले गाएपछि खुशी भएका सैफले उनको गालामा चुम्बन गरेका छन् ।
यो भिडियो सिमी ग्रेवालको टक शोको हो । उनीहरु विवाहपछि उक्त कार्यक्रममा गएका थिए । जुन कार्यक्रममा अमृताले ‘तुम आ गए हो नूर आ गया है...’ बोलको गीत गाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण