बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६५ पुग्यो
लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीहरुको संख्या ६५ पुगेको नेपाली दूतावास लन्डनले पुष्टि गरेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म बेलायतमा कोरोनाका कारण ६५ जना नेपालीहरुको निधन भएको पुष्टी भएको हो । मृत्यु हुनेहरुमा ५४ जना पुरुष र ११ जना महिला रहेका छन् ।
सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारका सदस्यहरु रहेका छन् । अहिलेसम्म ५४ जना पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र ११ जना गैर गोर्खाहरु रहेको दूतावासले जानकारी दिएको छ । हालसम्म बेलायतको सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणका कारण निधन हुनेमा बेलायतको ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिंग राई रहेकी छन् । निधन हुनेमा प्राय ७० वर्षभन्दा माथिका रहेका छन् । कोरोनाका कारण ज्यान गुमाउनेहरुप्रति नेपाली दूतावास लन्डनले हार्दिक समवेदना व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण