बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६५ पुग्यो
लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीहरुको संख्या ६५ पुगेको नेपाली दूतावास लन्डनले पुष्टि गरेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म बेलायतमा कोरोनाका कारण ६५ जना नेपालीहरुको निधन भएको पुष्टी भएको हो । मृत्यु हुनेहरुमा ५४ जना पुरुष र ११ जना महिला रहेका छन् ।
सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारका सदस्यहरु रहेका छन् । अहिलेसम्म ५४ जना पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र ११ जना गैर गोर्खाहरु रहेको दूतावासले जानकारी दिएको छ । हालसम्म बेलायतको सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणका कारण निधन हुनेमा बेलायतको ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिंग राई रहेकी छन् । निधन हुनेमा प्राय ७० वर्षभन्दा माथिका रहेका छन् । कोरोनाका कारण ज्यान गुमाउनेहरुप्रति नेपाली दूतावास लन्डनले हार्दिक समवेदना व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु