पाकिस्तानमा दुर्घटनाग्रस्त विमानमा भेटिएको ब्यागमा पाइयो ३ करोड, उठ्यो प्रश्न
शुक्रबार, १६ जेठ २०७७, १२ : ४२
पाकिस्तानमा २२ मेमा दुर्घटनाग्रस्त भएको विमानको भग्नावशेषमा अलग–अलग देशको लगभग ३ करोड रुपैयाँ भेटिएको छ । अनुसन्धान अधिकारी अब यति ठूलो रकम एयरपोर्टको सुरक्षा जाँच र लगेज स्क्यानरमा किन भेटिँदैन भनेर अनुसन्धानमा लागेका छन् । उक्त रकम दुईवटा ब्यागमा भेटिएको छ । अनुसनधानमा जुटेका अधिकारीका अनुसार दुर्घटनामा मारिएका व्यक्ति र उनीहरुको लगृेज पहिचानको काम चलिरहेको छ ।
दुर्घटनामा मारिएक ९ बालबालिकासहित ९७ को मृत्यु
२२ मे मा लाहौरबाट कराँची जाँदै गरेको विमान अवतरण हुनु केही मिनेट अघि मात्रै दुर्घटनाग्रीत भएको थियो । विमानका चालक दलका सदस्यसमेत ९९ व्यक्ति सवार थिए, जसमध्ये जम्मा २ जनाको ज्यानमात्र बाँच्न सफल भएको थियो । मारिएका ९७ व्यक्तिमध्ये ९ बालबालिका थिए । दुर्घटना कराँची अन्तर्राष्ट्रिय एयरपोर्ट नजिकै आवसीय इलाकामा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण