कोरोनाले बनाउन सक्छ २ अर्बभन्दा बढीलाई बेरोजगार
कोरोना भाइरसको महामारीका कारण विश्वको अर्थव्यवस्थामा गतिलो झट्का लागेको छ । १९३० मा आएको मन्दीभन्दा पनि कोरोनाले सिर्जित मन्दी खतरनाक हुनसक्ने अनुमान गरिएको छ ।
यस्तोमा बेरोजगारी पनि चरम हुनसक्छ । बोस्टन कन्सटल्टिङ ग्रुप (बिसिजी) द्धारा गरिएको एक सोधअनुसार संसारको काम गर्ने जनसंख्याको आधा अर्थात् झन्डै २ अर्ब मानिस बेरोजगार हुनसक्छन् ।
आफ्नो रिपोर्टमा बिसिजीले इन्टरनेशनल लेबर अर्गनाइजेशन (आईएलओ) को विश्लेषणको हवाला दिएका छन् । वैश्विक कार्यबलमा हुनेवाला परिवर्तनलाई नजरअन्दाज गर्नु कठिन छ । यसवर्ष वैश्विक श्रम आय घाटा ३ दशमलव ४ ट्रिलियन अमेरिकी डलरसम्म पुग्नेछ ।
६ मध्ये एक व्यक्तिले गुमाउनेछन् नोकरी
यस रिपोर्टकाअनुसार आगामी दुईदेखि तीन महिनामा संसारमा ६ मध्ये एक कामकाजी व्यक्तिले आफ्नो नोकरी गुमाउनेछन् ।
वैश्विक बेरोजगारीको दर १७ प्रतिशतभन्दा बढी हुनेछ ।
श्रम बजारमा कोरोना संकटको प्रभाव उद्योगहरुमा फरक–फरक तरिकाको हुनेछ ।
संक्रमण रोक्नका लागि उठाइएका लकडाउन तथा क्वारेन्टाइनजस्ता कदमको कारण धेरै मानिस प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । संसारभर गैर खाद्यक्षेत्र, विनिर्माण, पर्यटन, होटललगायत क्षेत्रमा धेरै रोजगारी गुम्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण