नेपाल–इजरायल सम्बन्धको ६० औँ वर्षगाँठ, दुई प्रधानमन्त्रीबीच खुशी साटासाट
काठमाडौँ । नेपाल र इजरायलबीच कूटनीटिक सम्बन्ध कायम भएको ६० औँ वर्षगाँठका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओली र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिफोनमार्फत एक आपसमा खुशी एवं शुभेच्छा साटासाट गरेका छन् ।
दुबै प्रधानमन्त्रीले विगत ६० वर्षको अवधिमा दुई मुलुकबीच विकसित द्विपक्षीय सम्बन्धप्रति सन्तोष प्रकट गरे र यो सम्बन्धलाई आगामी दिन थप मजबुत बनाउन सहमति जनाए । द्विपक्षीय र बहुपक्षीय मञ्चहरुमा दुबै मुलुकको बढ्दो सहभागिता, जनस्तरमा कायम सम्बन्ध र आपसी सहयोगका विषयमा दुबै नेताले उच्च मूल्याँकन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपयुक्त समयमा उच्चस्तरीय भ्रमण आदानप्रदान गरी द्विपक्षीय सम्बन्ध थप विस्तार गर्न पनि दुबै नेता सहमत भए ।
इजरायलले थुप्रै क्षेत्रमा अग्रता हासिल गरेको उच्चकोटिको प्रविधिबारे दुबै नेताले छलफल गरे । प्रधानमन्त्री ओलीले नेपालले प्राथमिकतामा राखेका कृषि र स्वास्थ्य जस्ता क्षेत्रमा इजरायलले हासिल गरेका ती विशेषज्ञता हस्तान्तरण हुनुपर्ने आवश्यकतामा पनि जोड दिए । उनले दुई मुलुकबीचको सम्बन्धको सेतुको रुपमा इजरायलमा रहेका नेपाली नागरिकको हेरचाहमा इजरायली सरकारले देखाएको तदारुकताको प्रशंसा पनि गरे ।
उनीहरुबीच कोभिड १९ को महामारी र यसले सर्वसाधारण जनताको आर्थिक–सामाजिक जीवनमा पारेका असरहरुबारे पनि वार्ता भएको थियो । कोरोना विषाणुलाई नियन्त्रणमा लिन र जनसाधारणको जीवन रक्षा गर्न नेपालले अपनाएका उपायहरुबारे प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीलाई जानकारी दिएका थिए भने कोरोना विषाणुको फैलावट रोक्न इजरायलले उठाएका कदमहरुको प्रशंसा पनि गरेका थिए ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आजै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र इजरायली विदेश मन्त्री गाबी आस्केनाजीले एक आपसमा शुभकामना आदानप्रदान गर्नुभएको जनाइएको छ । एक अर्कालाई पठाउनुभएको सन्देशमा दुबै मन्त्रीले नेपाल र इजरायलबीच विगत ६० वर्षदेखि रहिआएको सुखद् सम्बन्धप्रति खुशी व्यक्त गर्दै वाणिज्य, मानव संसाधन, कृषि जस्ता सहयोगका सम्भावित क्षेत्रहरुमा आगामी दिन सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण