ह्वाइट हाउसको जुन बंकरमा थिए ट्रम्प, त्यसमाथि परमाणु हमलासमेत फेल खाने
अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि अमेरिकाको धेरैजसो राज्यमा हिंसा भड्किएको छ । स्थिती नियन्त्रण गर्नका लागि अमेरिकाको राजधानी वासिङ्टनसमेत विभिन्न शहरमा कर्फ्यू लगाउनु परेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आधिकारिक निवास ह्वाइट हाउसको अगाडि पनि सयौं मात्रामा प्रदर्शनकारी जम्मा भए । शुक्रबार ट्रम्पलाई प्रदर्शनकारीबाट सुरक्षित राख्नका लागि ह्वाइट हाउसमा बनेको बंकर पुर्याइयो जहाँ उनले कम्तिमा एक घण्टा बिताए । ट्रम्पसँग फर्स्ट लेडी मेलानिया ट्रम्प र उनीहरुका छोरा ब्यारोन ट्रम्पलाई पनि बंकरमा लगिएको रिपोर्टमा उल्लेख छ । यो बंकर ९÷११ को हमला पछि प्रयोगमा आएको थिएन ।
संसारकै शक्तिशाली देशका शीर्ष व्यक्तिलाई जोगाउनका लागि बनाइएको बंकर आखिर कस्तो छ त ? यसबारे जानकारी लिऔं ।
परमाणु हमलाले समेत नछुने ?
ह्वाइट हाउसमा बनेको यो बंकरमा राष्ट्रपति र उनका परिवारबाहेक त्यहाँका सबै कर्मचारी बस्ने पूर्ण व्यवस्था छ । यो बंकर यति शक्तिशाली छ कि यसमा रकेट–मिसाइल त परको कुरा परमाणु बममा पनि हमला भए यसमा छिसिक्क केही हुँदैन ।
गोप्य सुरुङले भरिपूर्णः
यो बंकरमा थुप्रै गोप्य सुरुङ छन् जसमार्फत् अमेरिकी राष्ट्रपति कुनै पनि आपतकालीन स्थितीमा जतापनि जान सक्षम हुनेछन् । उनी यो सुरुङमार्फत् कुनै पनि विभागको कार्यालय पुग्न सक्छन् ।
ह्वाइट हाउसको बंकरमा राष्ट्रपतिका लागि लिभिङ रुम, टिभी, कन्फरेन्स रुम बाहेक कमान्ड रुम पनि छन् जहाँ उनी १६ व्यक्तिसँग बसेर कुनै पनि समय बैठक गर्न सक्नेछन् ।
पाँच तले बंकरः
पाँच तले गोप्य बंकरमा राष्ट्रपतिको गाडीका लागि पार्किङ र ग्यारेजको सुविधा पनि छ जहाँ उनको कार्केडलाई सुरक्षित राख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण