गर्भवती छिन् अचानक मृत्यु भएका कन्नड अभिनेताकी श्रीमती, विवाहको तस्बिर एकाएक चर्चित

कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सर्जाको आइतबार हृदयघातका कारण निधन भयो । उनी ३९ वर्षका थिए । निधनपछि उनको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि घर पुर्याइयो । उनको अन्तिम संस्कार सोमबार दिउँसो उनको फार्म हाउसमा हुने भारतीय सञ्चार माध्यमले बताएको छ ।
चिरञ्जिवीको निधनपछि सोसल मिडियामा उनका प्रशंसकले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । यसका साथै चिरञ्जिवि सर्जा र नायिका मेघना राजको तस्बिर पनि एकाएक चर्चित बनेको छ ।
भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार नायिका मेघना राज गर्भवती छिन् । उनको फार्महाउसबाट सार्वजनिक भएको उनको तस्बिरमा मेघनाको तस्बिर देखेर यस्तो अडकलबाजी गरिएको हो ।
यी दुईको विवाह दुई वर्ष अघि २०१८ को मे २ तारिखमा भएको थियो । यी दुईले क्याथोलिक रितिरिवाजमार्फत् विवाह गरेपछि हिन्दु रितिरिवाजमा पनि विवाह गरेका थिए । मेघना र चिरञ्जिविले १० वर्ष डेट गरेपछि विवाह गरेका थिए ।
चिरञ्जिविले फिल्मी करियरको सुरुवात वायुपुत्रमार्फत् गरेका थिए । उनको अन्तिम फिल्म शिवार्जुन थियो जसमा उनले अमृता अयंगर र अक्षता श्रीनिवाससँग मुख्य भूमिका निभाएका थिए । चिरञ्जिवीले कूल २२ फिल्ममा काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिलभूषणलाई कानुन बमोजिमबाहेक पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण