बेलायतमा कोरोनाबाट ५५ जनाको मृत्यु, लकडाउनयताकै सबैभन्दा कम
सोमबार, २६ जेठ २०७७, २२ : ३०
लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मात्र मृत्यु भएको छ । गत मार्च २३ मा लकडाउन शुरु भएयता एक दिनको अवधिमा भएको मृत्युको संख्या यो नै अहिलेसम्मकै सबैभन्दा न्यून हो । हिजो आइतबार कुल ७७ जनाको मृत्यु भएको थियो । उक्त संख्या स्कटल्याण्ड र नर्दन आयरल्याण्ड सहितको भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । त्यस्तै केयरहोममा पनि गत हप्ताको तुलनामा मृत्युदर पचास प्रतिशत कम भएको बताइएको छ ।
यससँगै हालसम्म देशभरमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या ४० हजार ५ सय ९७ पुगेको छ । यसैगरी, बेलायतमा पछिल्लो एक दिनमा थप १२ सय ५ संक्रमित थपिएका छन् । हालसम्म संक्रमित हुनेको जम्मा संख्या २ लाख ८७ हजार ३ सय ९९ पुगेको छ । बेलायतमा पछिल्लो समयमा मृत्युदर र नयाँ संक्रमण दुवै निरन्तर घट्दै गइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण