सरकारले सुरु गर्यो स्थानीय पदाधिकारीका लागि अनलाईन प्रशिक्षण
काठमाडौं । सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी नेतृत्व प्रदान गर्ने उद्देश्य साथ स्थानीय पदाधिकारीका लागि अनलाईन प्रशिक्षण सुरु गरेको छ । संकट समाधानका लागि स्थानीय सरकारको नेतृत्वकर्ताहरु नै सक्षम हुनुपर्ने निष्कर्षका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र इन्सिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिज मार्फत प्रशिक्षण सुरु गरेको हो । कोभिड १९ को संक्रमणबाट जोखिन सामाजिक दुरी कायम गर्नुपर्ने र ठुलो जमघट गर्न नहुने अवस्थालाई मध्यनजर गर्दे मन्त्रालयले अनलाईन प्रशिक्षण सुरु गरेको हो ।
नगरपालिकाका उपमेयरहरु स्थानीय सरकारका न्यायिक समितिका अध्यक्ष हुने भएकाले प्रशिक्षणमा उनीहरुलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ । स्थानीय सरकारका प्रतिनिधिहरुका लागि जोखिम आपतकालीन र संकट संचार विषयमा दैनिक ३ घण्टाका दरले ५ दिन सम्म प्रशिक्षण दिइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिए । जुमबाट सञ्चालन गरिएको प्रशिक्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरुले प्रशिक्षण दिनेछन् ।
कोभिड–१९ र त्यसबाट उत्पन्न समस्याको प्रभावकारी र व्यवस्थित सम्बोधन गर्ने विषयमा संकटका विभिन्न आयाम, त्यसले पार्ने प्रभाव र सम्बोधन गर्नुपर्ने विषयबारेमा प्रशिक्षण दिइने जानकारी गराइन्छ । उनले प्रशिक्षण कक्षमा १५ जना सहभागी राखिएको र जुममार्फत ८० प्रतिशत भन्दा बढी स्थानीय प्रतिनिधिलाई समावेश गराइएको जानकारी दिए ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे युएनडिपीका आवासीय प्रतिनिधि आइशानी लाबेले उत्पानशिल एवं दिगो समुदाय निर्माणमा युएनडिपीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यका विषमा प्रकाश पारेका थिए । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव जयनारायण आचार्य, उपसचिव रमेश अधिकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर विकास देवकोटा,नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम लगायतले संकटमा नेतृत्वले ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए । ५ दिन सम्म चल्ने अनलाईन प्रशिक्ष्णमा संकटमा सञ्चार र जोखिममा परेकाहरुसँगको संवाद, राष्ट्रिय सुरक्षा र संकटमा आकस्मिक सेवा, आकस्मिक जनस्वास्थय र स्थानीय तहको भूमिका, संकटमा नेतृत्व विषयमा जानकारी दिइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण