आफन्तले सैफसँग विवाह नगर्न सुझाव दिएका थिए तर करीना विवाहका लागि किन भइन् राजी ?
एजेन्सी - बलिउड अभिनेता तथा अभिनेत्री करीना कपूर र शैफ अली खानको विवाह भएको पनि थुप्रै वर्ष भइसक्यो । उनीहरुको एक जना सन्तान पनि भइसकेका छन् । बलिउडमा सुन्दर जोडीको रुपमा पनि चिनिँदै आएका सैफ र करीनाको विवाहको समयमा भने केही वैचारिक बहस भएका करीनाले खुलासा गरेकी छन् । आफूभन्दा निकै बढी उमेरका सैफ सम्बन्धविच्छेद गरेर बसेका अनि दुई जवान सन्तानका पिता पनि थिए । जसकारण करीनालाई धेरैले उनीसँग विवाह नगर्न सल्लाह दिएको करीनाले खुलाएकी थिइन् ।
उनले चर्चित टेलिभिजन कार्यक्रम ‘कफि विथ करण’ मा दिएको एक अन्तर्वार्तामा उनका आफन्त तथा शुभचिन्तकले उनलाई सैफसँग विवाह नगर्न सल्लाह दिएको बताएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘थुप्रै मानिसहरुले मलाई सैफसँग विवाह नगर्न सल्लाह दिएका थिए । केहीले चेतावनी समेत दिएका थिए ।’ अभिनेत्रीले भनिन्, ‘मानिसहरु सैफ पहिले नै विवाहित भएको र छोराछोरीको पिता भएका कारण विवाह गर्न उचित नहुने बताउँथे ।’
तर, करीनाले माया गर्नु कुनै पाप नभएकाले सैफसँग विवाह गर्ने सोचमा पुगेको बताइन् । मानिसहरुले उनको करियर नै सकिने समेत चेतावनी दिएका थिए । यद्यपि, उनले सम्बन्धविच्छेद भएपनि छोराछोरीको पिता भए पनि वा आफ्नो करियर नै दाउमा राखेर माया गर्नु अपराध नभएको भन्दै विवाह गर्न राजी भएकी बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण