केन्यामा चर्चित गायकको निधनपछि अन्त्येष्टिको विषयमा हंगामा
केन्याका चर्चित गायक बर्नार्ड ओबोन्योको अन्त्येष्टिको विषयमा शुक्रबार प्रहरी र प्रशंसकबीच झडप भएको छ । बर्नार्ड ओबोन्योलाई उनका प्रशंसकले अबेनी भन्थे । अबेनीका प्रशंसका उनको अन्त्येष्टि कोरोनाभाइरसका संदिग्धहरुको शवको जस्तो नहोस् भन्ने चाहन्थे ।
प्रशंसकको भीडका अनुसार यस्तो गरिनु अबेनीको अपमान हुनेछ । यद्यपि, कोरोनाभाइरसको संक्रमणका कारण शवको अन्त्येष्टिका थुप्रै नियममा परिवर्तन आएको छ । प्रहरीले भीड नियन्त्रणका कारण अश्रु ग्यास प्रहार गरेका छन् ।
ओबोन्योको मृत्यु ३३ वर्षको उमेरमा ११ जूनमा भएको थियो । ओबोन्योका भाइले केन्याली पत्रिकमा डेली नेशनसँगको कुराकानीमा उनलाई छाती र पेटमा अत्यधिक पीडा भइरहेको थियो । उनी सास फेर्न सकिरहेका थिएनन् र रगत बन्ता गरिरहेका थिए । परिवार र प्रशासनले उनको कोरोना परीक्षण भए नभएको जानकारी भने दिएनन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण