पत्रकारलाई सेवाबाट निष्काशन नगर्न महासंघको आग्रह
काठमाडौं । नेपाल पत्रकार महासङ्घले विभिन्न सञ्चार गृहले कोभिड–१९ को कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्काशन नगर्न आग्रह गरेको छ । महासङ्घको मङ्गलबार सम्पन्न केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकपछि विज्ञप्ति जारी गर्दै महासङ्घले सो आग्रह गरेको हो ।
कोभिड–१९को कारण देखाउँदै सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई तलब नदिने, तोकिएको पारिश्रमिक एकतर्फी ढङ्गले कटौती गर्ने, विभिन्न बहाना देखाएर काम गर्ने वातावरण बन्न नदिने र राजिनामा दिन दबाब दिने जस्ता कार्य जारी राखेकाले त्यसका विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
महासङ्घले एक साताभित्र सम्बन्धित सञ्चार प्रतिष्ठानलाई श्रमजीवी पत्रकार विरुद्धका सबैखाले गतिविधि बन्द गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न र सोको जानकारी महासङ्घलाई गराउनसमेत आग्रह गरेको छ । एक साताभित्र श्रमजीवी पत्रकारका समस्या समाधान नभए महासङ्घले चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन महासङ्घले सबै प्रदेश समिति, जिल्ला तथा प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै सङ्घ-संस्थामा अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण