मेक्सिकोमा शक्तिशाली भूकम्प गयो
मङ्गलबार, ०९ असार २०७७, २३ : १५
एजेन्सी । मेक्सिकोमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको ओक्साका राज्यमा गएको सो भूकम्पको क्षति विवरण भने आइसकेको छैन । अमेरिकाको भूगर्भ विभागले ७.४ म्याग्निच्युडको भूकम्पको गएको जनाएको छ । भूकम्प यति तिव्र गतिमा गएको थियो कि भवनहरु तिव्र गतिमा हल्लिएका थिए भने हज्जारौं मानिसहरु घर बाहिर निस्किएका थिए ।
भूकम्पको केन्द्रबिन्दु ओक्साका छेउको प्रशान्त महासागरको तटमा परेको जनाइएको छ । यसअघि सन् २०१७ मा पनि त्यहाँ २ पटक भूकम्प गएको थियो । त्यसबेला सेप्टम्बर ८ मा ८.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परे र १५० जनाको ज्यान गएको थियो । सोही वर्ष दोश्रो पटक सेप्टेम्बर २० मा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा ५ सयभन्दा बढीको ज्यान गएको थियो । त्यसबेला भने जताततै विनाशका दृष्यहरु देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण