पाकिस्तानका १० क्रिकेटर कोरोनाद्वारा संक्रमित
बुधबार, १० असार २०७७, ०६ : ३३
पाकिस्तान क्रिकेट बोर्डले मंगलबार आफ्नो सात खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
संक्रमित खेलाडीमा फखर जमां, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मौहम्मद रिजवान र वहाब रियाज रहेका छन् ।
यसअघि सोमबार पाकिस्तान क्रिकेट बोर्डले शादाब खान, हारिस रऊफ र हैदर अलीलाई कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।
अर्थात्, पछिल्लो दुई दिनमा पाकिस्तानमा कूल १० क्रिकेटर कोरोनाद्वारा संक्रमित भएका छन् ।
जुन खेलाडीको परीक्षण नेगेटिभ आएको छ, उनीहरु सबै २८ जूनमा बेलायत प्रस्थान गर्नेछन् । पाकिस्तान क्रिकेट टिमको बेलायतसँग तीन टेस्ट र तीन टी–२० म्याचको रिसिज अगस्टमा प्रस्तावित छ ।
पाकिस्तानमा कोरोना संक्रमितको संख्या लगातार बढ्दो छ । हालसम्म पाकिस्तानमा एक लाख ८५ हजारभन्दा बढि संक्रमित भइसकेका छन् जबकि तीन हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण