समाचार प्रभाव : सशस्त्र प्रहरीमा बढुवा पदपूर्तिको लागि आह्वान
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायब निरीक्षक (सई)मा बढुवा पदपूर्तिको लागि आह्वान गरेको छ । सशस्त्र प्रहरी बल, नेपालको लेखा उपसमूहमा रिक्त रहेको १५ सई र ४६ असईको बढुवा पदपूर्तिको लागि आह्वान गरेको बढुवा समितिका सदस्य सचिव डीएसपी सन्तोष बहादुर सिंहले जानकारी दिए ।
यसका लागि पाँच दिनभित्र सशस्त्र प्रहरी बल, नेपालले बढुवा समितिको सचिवालयमा पेश गर्न बढुवा समितिको असार ९ गतेको निर्णयअनुसार सूचना समेत प्रकाशित गरेको छ । डीएसपी सिंहका अनुसार बढुवा सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरीका लेखा उपसमूहतर्फका १५ जना असईहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायतका बढुवा प्रायोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिसहित पेश गर्नुपर्ने हुन्छ ।
त्यस्तै बढुवा सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरीका लेखा उपसमूहतर्फका ४६ सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायतका बढुवा प्रायोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिसहित पेश गर्नुपर्ने हुन्छ ।
यसअघि असार ७ गते रातोपाटीमा ‘गृह मन्त्रालयको अनिर्णयका कारण सशस्त्र प्रहरीका ३०० जनाको करियर चौपट’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । अन्यायमा परेका सशस्त्र प्रहरीका लेखा उपसमूहतर्फका कर्मचारीहरु न्यायको लागि सर्वोच्चको ढोका ढक्ढक्याउने तयारीमा समेत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण