निजी सवारी चालकले सार्वजनिक सवारीसाधन चलाउन नपाउने मापदण्ड बनाउन निर्देशन
काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न निजी सवारी साधनको लाइसेन्स बाहकलाई सार्वजनिक सवारीसाधन चलाउन नपाउने गरी फरक मापदण्ड तयार गरी कार्यान्वयन गर्नसरकारलाई निर्देशन दिएको छ ।
समितिको बिहीबार बसेको बैठकले यातायात व्यवस्था विभागको हालको जनशक्ति अपर्याप्त भएको भन्दै आवश्यक जनशक्ति पुरिपूर्ति गर्ने काम तत्काल अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
यातायात व्यवस्था विभागमा जनशक्ति कम हुँदा त्यस अन्तर्गतका कार्यायहरुमा कामको चापलाई समयमै व्यवस्थापन गर्न कठिनाइ भएको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।
साथै बैठकले कोभिड–१९ का सार्वजनिक यातायातमा भएको लगानी डुब्ने अवस्था आएकाले व्यवसायीको लगानीमा कर सहुलियत प्रदान गर्ने र बैंक ऋण्को व्याजमा पुनर्तालिकिकरण गर्ने तथा सवारी मर्मतका लागि सहुलियत दरमा पुर्नकर्जा प्रदान गर्ने व्यवस्था यथाशीघ्र मिलाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै समितिले काठमाडौ उपत्यकासहित मुलुकका प्रमुख शहरहरुमा प्रवेश गर्ने सवारी साधनहरुले अत्याधिक धुलो थुपारेको भन्दै त्यस्ता सवारीसाधनलाई धुलोमुक्त पार्न काठमाडौं उपत्यका र प्रमुख शहरका प्रवेश नाकामा आवश्यकता अनुसार वासिङ सेन्टर स्थापना यस आर्थिक वर्षमा प्रारम्भ गर्न निर्देशन दिएको छ ।
समितिले नीतिगत स्थिरता कायम गर्न तीनै तहका सरकारले समन्वय गरी राष्ट्रिय नीति निमार्ण गर्ने वातावरण बनाउन पनि निर्देशन दिएको छ । भारतीय सवारी साधनको निर्वाध आवतजात र प्रयोगलाई नियमन गर्न निर्देशन दिँदै समितिले समार्ट लाइसेन्स, इम्बोस्ड नम्बर जिपीएस ट्यापिङ लगातका नयाँ ब्यवस्थालाई एकीकृत सूचना प्रणालीमा जोडेर नियमन तथा व्यवस्थापन गर्न पनि सरकारलाई निदेशन दिएको छ ।
त्यसैगरी समितिले कोभिड १९ को संक्रमणको वर्तमान अवस्थामा सार्वजनिक यातायात संचालनको ठोस योजना बनाई कार्यान्वयन गर्न र उक्त कार्यायोजना समितिलाई उपलव्ध गराउन समितिले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण