बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि

शनिबार, १३ असार २०७७, २२ : २८
शनिबार, १३ असार २०७७

एजेन्सी । पाकिस्तानको सरकारले सवै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नयाँ मूल्यमा पुरानो मूल्यको भन्दा झण्डै २६ रुपैया बृद्धि भएको पाइएको छ ।  पेट्रोलको मूल्य प्रतिलिटर एक सय पाकिस्तानी रुपैया र दश पैसा पुगेको छ । यसअघि त्यसको मूल्य ७४.५२ पाकिस्तानी रुपैया रहेको थियो ।  

विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिका आधारमा पाकिस्तानमा पनि बृद्धि गरिएको वित्त विभागले शुक्रबार जानकारी दिएको छ । डिजेलको मूल्य २१ रुपैया ३१ पैसा बृद्धि भएर १०१ रुपैया २६ पैसा पुगेको विभागद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । त्यसैगरी मट्टितेलको मूल्य पनि ५९ रुपैयाँ ६ पैसा भएको छ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप