सरकारी नियमको बेवास्ता गर्दै गुड्ने ट्याक्सी कारबाहीमा
काठमाडौं । सरकारले सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा रोक लगाउँदा पनि सञ्चालनमा आएका सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ । दैनिक चार पाँच सयको संख्यामा सञ्चालनमा आएका सार्वजनिक सवारी साधनलाई सडकै होल्ड गरी कारबाही गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक वामदेव गौतमले दैनिक चार पाँच सयको संख्यामा सडकमा भाडाका सवारी साधन सञ्चालनमा आएको र ती सवारी साधनलाई सडकमै दिनभर होल्ड गरेर कारबाही गरिएको बताए । सार्वजनिक यातायातमा पनि सबैभन्दा धेरै ट्याक्सी सञ्चालनमा आएको गौतमले बताए । अत्यावश्यक सेवामा बिरामी बसेको अथवा अस्पताल जानुपर्ने ट्याक्सीलाई भने चेकजाँच गरी सहजीकरण गरिएको उनले बताए ।
पछिल्लो समय ट्याक्सी व्यवसायीहरु बैंकको किस्ता तिर्न र जीवन यापन गर्न गाह्रो भएको भन्दै ट्याक्सी चलाउनुपर्ने माग गर्दै आएका छन् । सरकारले उनीहरुको मागलाई सम्बोधन नगरेको अवस्थामा पनि सडकमा ट्याक्सीहरु देखिन थालेपछि प्रहरीले सवारी साधनको जाँचलाई कडाई गरी सञ्चालन आएका ट्याक्सीलाई दिनभर सडकमै होल्ड गरेको हो ।
सरकारले जारी लकडाउनलाई असार १ गतेदेखि केही खुकुलो बनाउँदै निजी सवारी साधनलाई जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न दिएको छ । सार्वजनिक यातायातका साधन भने सञ्चालनका लागि पूर्णरुपमा रोक लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण