भोजपुरका एक वृद्धले पाए ९३ वर्षको उमेरमा नागरिकता
भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिकरुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो ।
स्थानीय जनप्रतिनिधि तथा मानवअधिकारीकर्मीले नागरिकता दिलाउनका लागि पहल थालेका थिए । सांसद सुदन किराँतीको निर्देशनपश्चात् केही महिनाअघि नै सार्कीलाई नागरिकता वितरण गरेर राज्यबाट पाउने सेवा सुविधाका लागि पहल गर्ने तयारी गरिएको भए पनि लकडाउनले ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए । सार्कीलाई नागरिकता वितरणका लागि सांसद किराती पनि बुधबार प्याउली पुगेका थिए ।
हेरचाह गर्ने अन्य कोही नभएकाले अधिकारकर्मीको अगुवाइमा सार्कीलाई मानव सेवा केन्द्र विराटनगर लैजाने तयारी गरिएको अधिकारकर्मी सम्झना प्रधानले जानकारी दिइन् । लामो समयदेखि सडकमा बसेर मागेर खाँदै आएका सार्कीलाई अरुण गाउँपालिका– २ को सिफारिसमा वंशजका आधारमा नागरिकता दिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईंटेलले जानकारी दिए । उनले आफ्नो नाम बताउन नसक्ने भएकाले स्थानीयले बोलाउँदै आएको लाटा सार्कीको नाममा नागरिकता दिएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण