नेपाल न्यून–मध्यम आय भएको मुलुकमा उक्लियो, एकै वर्ष १९० डलर आम्दानी वृद्धि
काठमाडौं । नागरिकहरुको आयस्तरको सूचकमा नेपाल एक स्थानमाथि उक्लिएको छ । नेपाल न्यून आय भएको मुलुकबाट न्यून–मध्यम आय भएको मुलुकमा प्रवेश गरेको हो ।
विश्व बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार २०१९ मा नेपालको प्रतिव्यक्ति आय १ हजार ९० अमेरिकी डलर रहेको थियो । सन् २०१८ मा यस्तो आय ९६० डलर थियो । अघिल्लो वर्ष प्रतिव्यक्ति १ हजार २६ डलरमात्रै आम्दानी हुने देशलाई न्यून–मध्यम आय भएको मुलुक मानिन्थ्यो । यो वर्ष यो सीमा १० डलरले बढाइएको हो । नेपालले भने एकै वर्षमा १ सय ३० डलर आम्दानी सुधार गरेर आफ्नो स्तर वृद्धि गर्न सफल भएको हो ।
विश्व बैंकले गरेको वर्गीकरण अनुसार १ हजार ३६ डलरसम्म प्रतिव्यक्ति आय हुने मुलुलकलाई न्यून आय भएको मुलुकको रुपमा लिइन्छ । १ हजार ३६ डलरभन्दा बढी र ४ हजार ४५ डलरसम्म आम्दानी भएको मुलुकलाई न्यून–मध्यम आय भएको मुलुक मानिन्छ ।
त्यस्तै, बढी प्रतिव्यक्ति ४ हजार ४६ डलरदेखि १२ हजार ५ सय ३५ डलरसम्म आम्खानी भएको मुलुकलाई उच्च मध्यम आय भएको मुलुक मानिन्छ भने १२ हजार ५ सय ३५ डलरभन्दा धेरै आम्दानी भएका मुलुकहरु उच्च आय भएका मुलुकलाई उच्च आय भएका मुलुकको रुपमा वर्गीकरण गरिएको छ । विश्वव्यापी मुद्रास्फीतिका आधारमा विश्व बैंकले यो सीमाई वार्षिक रुपमा परिवर्तन गर्ने गर्छ ।
अरु मुलुकहरु के के भए ?
विश्व बैंकका अनुसार यो वर्ष नेपालसहित ७ देशहरुको स्तर वृद्धि भएको छ भने ३ वटा देशहरुको स्तर घटेको छ । नेपालसहित बेनिन र तान्जिनिया न्यून मध्यम आय भएको मुलुकमा रुपान्तरण हुँदा इन्डोनेसिया, मौरिसस, नाउरु र रोमानिया उच्च मध्यम आय भएको मुलुकमा रुपान्तरण भएका हुन् ।
तर अल्जेरिया, श्रीलंका र सुडानको स्तर घटेको छ । अल्जेरिया र श्रीलंका उच्च मध्यम आय भएको मुलुकबाट न्यून–मध्यम आय भएको मुलुकमा झर्दा सुडान न्यून मध्यम आय भएको मुलुकबाट न्यून आय भएको मुलुकमा झरेको हो ।
यो रिपोर्टले सार्क मुलुकमध्ये अहिले नेपाल, भारत पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटान न्यून मध्यम आय भएका मुलुकको रुपमा देखाएको छ भने माल्दिभ्सलाई उच्च मध्यम आय भएको तथा अफगानिस्तानलाई न्यून आय भएको मुलुकको रुपमा देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले विश्वासको मत लिने संसद् बैठक कांग्रेसले ‘बहिष्कार’ गर्ने
-
नर्सको पीडा : लगानी लाखौँमा, आम्दानी हजारमा
-
आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तीकरण आवश्यक छ : उपराष्ट्रपति यादव
-
सरकारबाट फिर्ता हुने जसपा नेपालको निर्णय
-
जलारीमार्फत फेवातालको जलकुम्भी निकाल्दै पोखरा महानगर
-
‘फर्की फर्की’ सबै वर्गका दर्शकको लागि हो : जसिता