अमेरिकाले डब्ल्यूएचओसँग औपचारिक रुपमा तोड्यो सम्बन्ध
अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी दिएको छ ।
संयुक्त राष्ट्रले अमेरिकाले यसबारे आफूलाई ६ जुलाईमा नै जानकारी दिएको पुष्टि गरेको छ । यद्यपि, यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्षको समय लाग्न सक्छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले मे महिनामा नै डब्ल्यूएचओसँग नाता तोडेको घोषणा गरेका थिए । ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि कोरोना महामारीलाई प्रभावकारी तरिकाले नियन्त्रण गर्न नसकेको र चीनको इशारामा चलेको आरोप लगाएका थिए ।
ट्रम्पको आरोप र सम्बन्ध तोड्ने धम्कीको जवाफमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रस एडनहोनम गेब्रियेससले यो समयमा डब्ल्यूएचओको मद्दत सबैभन्दा धेरै आवश्यक भएको बताएका थिए । उनले ट्रम्पलाई रकम नरोक्न अपिलसमेत गरेका थिए ।
यद्यपि, यी सबै अपिलपश्चात् पनि ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेनन् । उनले डब्ल्यूएचओलाई दिँदै आएको रकम अन्य कुनै स्थानमा दिने जानकारी दिए ।
विपक्षी डेमोक्रेट सांसदले ट्रम्पको यो निर्णयको आलोचना गरेका छन् र डब्ल्यूएचओबाट अलग हुनु अमेरिकी नागरिकको हितमा नभएको बताएका थिए ।
Congress received notification that POTUS officially withdrew the U.S. from the @WHO in the midst of a pandemic.
— Senator Bob Menendez (@SenatorMenendez) July 7, 2020
To call Trump’s response to COVID chaotic & incoherent doesn't do it justice. This won't protect American lives or interests—it leaves Americans sick & America alone.
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा सत्ताका लागि दलहरूको दौडधुप, नयाँ सरकारको साँचो लोसपाको हातमा
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर