बिरामी चौधरीलाई निर्देशक समाजको आर्थिक सहयोग
बिहीबार, २५ असार २०७७, ११ : ३७

काठमाडौं – चितवन मेडिकल कलेजमा उपचाररार्थ फिल्म निर्देशक किशोर चौधरीलाई चलचित्र निर्देशक समाजले आर्थिक सहयोग गरेको छ ।
निर्देशक समाजले चलचित्र विकास बोर्डको कल्याणकारी कोष तथा अमेरिकामा रहेका फिल्म निर्देशकहरुबाट प्राप्त रकम आर्थिक सहयोग गरेको हो ।
निर्देशक चौधरी विगत ४ महिनादेखि कलेजो सुन्निने तथा उच्च रक्तचापको उपचार गराइरहेका छन् । अमेरिकामा रहेका निर्देशकहरुबाट प्राप्त ४२ हजार ६ सय ९७ रुपैयाँ र नेपाल चलचित्र विकास बोर्डको कल्याणकारी कोषबाट प्राप्त २५ हजार रुपैयाँ गरि कूल ६७ हजार ६ सय ७९ रुपैयाँ निर्देशक चौधरीको परिवारलाई दिइएको चलचित्र निर्देशक समाजका महासचिव जनकदिप पराजुलीले बताए ।
‘मिस कल’फिल्म निर्देशन गरेका चौधरी लेखक, निर्माता, गीतकार तथन नृत्य निर्देशक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
-
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो
-
‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने पक्राउ
-
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट