चीन र जापानका विदेशमन्त्रीबीच फोनवार्ता
एजेन्सी । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री र जापानका विदेशमन्त्री बीच शुक्रबार फोनवार्ता भएको छ । उनीहरुले एकले अर्को देशलाई बाढीका कारण ती देशमा भएको जनधनको क्षतिको विषयमा सान्त्वना सन्देश आदानप्रदान गरेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यी र जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीबीच शुक्रबार बिहान फोन सम्वाद भएको र उनीहरुले एकले अर्कोलाई बाढीका कारण भएको सो क्षतिप्रति दुःख व्यक्त पनि गर्नुभएको बताइएको छ ।
हालै चीन र जापानमा आएका बाढी र पहिरोमा परी जनधनको क्षति भएको थियो । उनीहरुले यसै विषयमा सो सन्देश आदान प्रदान गर्नुभएको चीनको विदेश मन्त्रालयले जानकारी दिएको छ । सो वार्ताका क्रममा उनीहरुबीच अगामी दिनमा पनि निरन्तर रुपमा सम्पर्क र सम्वादमै रहने र यसमार्फत दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको पनि प्राप्त समाचारमा जनाइएको छ ।
उनीहरुबीच हाल विश्वमा देखा परिरहेको कोरोनाको महामारी र यसले पारेको प्रभावका साथै दुई देशका आपसी हितका विभिन्न विषयमा कुराकानी भएको पनि सो समाचारमा जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण