उडिरहेको विमानभित्र जुम्ल्याहा बालिकाको जन्म
एजेन्सी । उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ बर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन् ।
जन्मिएका ती बच्चाहरु बालिका हुन भने ती महिला सामान्य अवस्थाभन्दा दुई महिना अगाडी नै सुत्केरी भएको जनाइएको छ । बच्चा जन्माएकी महिला र दुबै बच्चाहरुलाई अहिले आइसोलेसनमा र उच्च स्वास्थ्य निगरानीमा राखिएको मंगोलियाको सरुवा रोग राष्ट्रिय केन्द्रका प्रमुख डुल्मा न्युम्खुले जानकारी दिए ।
विमानमै जुम्ल्याहा सन्तान जन्मिएको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कोरोनाभाइरसको त्रासका कारण पनि उच्च सतर्कता अपनाइएको बताए । कोरोनाका कारण नियमित विमान सेवा सञ्चालन नभएकाले उनीहरु चार्टर गरिएको विमानमार्फत् यात्रा गरेका थिए ।
ती महिलासँगै मंगोलियाका २६० जना यात्रु टर्कीबाट सो विमानमार्फत् मंगोलियाको यात्रामा रहेका थिए । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण