गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ११ पुग्यो, १२ जना वेपत्ता (अपडेट)
कास्की । बिहीबार राति परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने १२ जना बेपत्ता भएका छन् ।अविरल रुपमा परेको पानीका कारण पहिरोमा परी कास्कीमा ७, लमजुङमा ३ र म्याग्दीमा १ जना गरी ११ जनाको मृत्यु भएको छ । पहिरोमा परी १६ जना घाइते भएका छन् ।
प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार बाढीपहिरोका कारण म्याग्दी जिल्लामा १२ जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा घरमाथिबाट आएको पहिरोले घरपुरिँदा घरधनी ५० वर्षीय टङ्कबहादुर थापा, निजकी श्रीमती ४५ वर्षीया सोममाया थापा, तनहुँ दमौलीका आठ वर्षीय शीतल श्रेष्ठ, ११ वर्षीया इशिका थापामगर र ६ वर्षीय सुवान थापाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् ।
त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजाको मेलबोटमा पहिरोले घर पुरिँदा ७० वर्षीय हिमकली अधिकारी र पोखरा–२६ पैतेडाँडामा घर पुर्दा ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–६ स्थित रापुखोलामा आएको बाढीले बगाएर ठाँडाखानीका ५० वर्षीय नलिमान छन्त्यालको मृत्यु भएको छ भने धवलागिरी गाउँपालिका–६ का चार घर पुरिँदा १० जना तथा मालिका गाउँपालिका–७ निमदुलेका ४० वर्षीया विष्णु पौडेल र चार वर्षीया छोरी ईशा पौडेल बेपत्ता भएका छन् ।
प्रहरी नायब निरीक्षक रेग्मीका अनुसार लमजुङ जिल्लाको बेँसीशहर नगरापलिका–७ सातबिसेस्थित पहिरोले घर पुरिँदा घरधनी ३२ वर्षीय दीपक तामाङ, निजकी श्रीमती २६ वर्षीय बिमाया तामाङ र ९ वर्षीय छोरा छैवाङ तामाङको मृत्यु भएको हो । सोही पहिरोका घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोमा परी विभिन्न जिल्लामा बङ्गुर, बाख्रा, भैँसी, गोरुलगायतका २३८ भन्दा बढी चौपाया मरेको प्रहरीले जनाएको छ । वर्षाका कारण अधिकांश सडक अवरुद्ध हुनुका साथै किसानले खेतमा लगाइएको धानबालीमा समेत ठूलो क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश, पूर्ण सुनुवाइका लागि जेठ ९ गते तोकियो पेशी
-
रेशम र रामेश्वर चौधरीको रिट पूर्ण सुनुवाइका लागि पेश गर्ने आदेश
-
मन्त्रिपरिषद् बैठक : १ अर्ब २० करोड रुपैयाँ अनुदान लिनेसहित २५ निर्णय
-
त्रिविका अवकाशप्राप्त कर्मचारीलाई पेन्सनका लागि जान्छ मासिक २५ करोड
-
कमल थापाले ६ जनालाई गरे केन्द्रीय सदस्यमा मनोनयन
-
गण्डकीमा ‘इन्टरभेन्सन’ बहस भइरहँदा कोशीमा एकपक्षीय बहस